• २१ भदौ २०८३, आइतबार
  • १ः५३ दिउँसो

इलामको चिया कारखानामा आगलागी

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०६:१२

२ माघ २०७८, काठमाडौँ : इलामको सूर्योदय नगरपालिका–४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

National Life

आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयत्न भइरहेको छ । आगलागी नियन्त्रणको लागि गएको वारुण यन्त्रको पानी सकिएपछि नजिकै रहेको अन्तु पोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिएका छन् ।


आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्तु भ्याली निजी क्षेत्रमा स्थापना गरिएको पुरानो उद्योगहरू मध्येमा पर्छ ।

Classic Tech Desktop

प्रतिकृया