• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

मन्त्रालयको ढिलासुस्तीले गर्दा योग दिवसको कार्यक्रम प्रभावित

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०९:०९

२९ पुस २०७८, काठमाडौँ : “सर्वाङ्गीण विकासको लागि योग” भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय योग दिवस सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको छ । हरेक वर्ष शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय योग दिवस कार्यक्रमको बारेमा ढिलो निर्णय लिने र यौगिक संस्थाहरुलाई आफ्ना संस्थागत कार्यक्रमहरु गर्न केहि प्राविधिक कठिनाई हुँदै आएको सर्वविदितै छ ।

National Life

यस वर्ष पनि मंसिर महिनाको अन्तिम हप्तादेखि मन्त्रालयलाई तागेता गर्दा पौष २२ गते राष्ट्रिय योग दिवस मूल समारोह समितिको वैठक बसी केहि सामान्य विषयमा छलफल गर्दै अन्य कार्य गर्न मूल समारोह समितिबाट एक विशेष कोर समिति बनाई निर्धारित कार्य शिघ्र गर्ने निर्णय भएकोमा कोर समितिकै सदस्यबाट अनुरोध आग्रहका साथ राय सुझाव प्रदान गरिरहदा शिक्षा मन्त्रालयका एक विशिष्ट श्रेणीका कर्मचारीबाट यो कार्यक्रम शिक्षा मन्त्रालयले गर्ने निर्णय हो, तपाईको सरोकारको विषय होईन,तपाई नभए पनि कार्यक्रम चलिहाल्छ नि भन्ने उत्तरबाट मन्त्रालयको योग प्रतिको धारणा प्रष्ट भएको मूल समारोह समितिका एक सदस्य बताउछन् ।


मन्त्रालयमा सम्पन्न मूल समारोह समितिको वैठकमा योग दिवस कार्यक्रमको लागि आवाश्यक सामाग्री खरिद गरि राख्न सुझाव दिईरहदा सहभागी यौगिक संस्थाले स्वयं व्यवस्थापन गर्नु पर्ने र सो कार्यको लागि मन्त्रालय सँग कुनै वजेट नभएको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाले बताए । कोभिड संक्रमण ह्वात्त बढिरहदा मूल समारोह समितिद्धारा भर्चुयल माध्याम बाट यस वर्षको राष्ट्रिय योग दिवस मनाउने बारेमा शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती बमोजिम पौष २९ गते सम्म तयारी कोर समितिको वैठक बस्न सकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

हरेक वर्ष शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा मनाईने राष्ट्रिय योग दिवसको लागि कम्तीमा पनि २ महिना अघिदेखि नै सो छलफल बहसको आरम्भ गर्न आम योगिक संघ–संस्था,यस क्षेत्रका गुरुहरु एवं सरोकारवालाहरुबाट अनुरोध भैरहदा पनि आगामी माघ १ गते सम्पन्न गरिने कार्यक्रमको बारेमा २ दिन अघि सम्म योगिक संस्थाहरुले सूचना प्राप्त गर्न नसक्नुले शिक्षा मन्त्रालयको योग र यौगिक संस्था प्रतिको दृष्टिकोण प्रष्ट झल्किएको छ । ईतिहासमै पहिलो पटक यस वर्षको कार्यक्रमको सम्बन्धमा शिक्षा मन्त्रालयबाट निर्णय प्रक्रियामा गरिएको ढिलाईले सम्पूर्ण यौगिक संघ–संस्थाहरुले स्वतन्त्र तवरले योग दिवस मनाउने हो कि ?

प्रतिकृया