चार्टर्ड उडानमा नेवानिलाई कम उडान दिएकोबारे छानविन गर्न समिति गठन
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०६:५१
२९ पुस २०७८, काठमाडौँ : कोभिड–१९ संक्रमणको समयमा विगतमा भएका चार्टर्ड उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कम उडानको अनुमति दिइएको सन्दर्भमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
लकडाउनका बेला विदेशबाट नेपालमा यात्रु ल्याउने प्रयोजनका लागि नेपाल एयरलाइन्सले ६५ वटा उडानको अनुमति पाएको थियो । निजी लगानीको हिमालय एयरलाइन्सले भने २ सय ३१ वटा उडान गरेको थियो । ध्वजाबाहक नेपाल एयरलाइन्सले निजी क्षेत्रलाई पृष्ठपोषण हुने गरी निजीलाई बढी अनुमति दिइएको गुनासो गर्दै आएको छ । यस सन्दर्भमा छानविन गरी १० दिन भित्र प्रतिवेदन बुझाउन समिति गठन भएको हो ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन भएको समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यबाहक महानिर्देशक प्रेमनाथ ठाकुर समेत छन् । समिति गठन भएको जानकारी आफूले पाएको र कार्यक्षेत्र बुझ्न बाँकी रहेको संयोजक लुइँटेलले बताए ।








प्रतिकृया