बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड पुग्यो फाइनलमा
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०७:३७
२९ पुस २०७८ काठमाडौँ : बार्सिलोनालाई पराजित गरेर रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । बार्सिलोनालाई पराजित गर्न रियल मड्रिडलाई अतिरिक्त समयसम्म खेल्नु परेको हो ।
२५ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । एल क्लासिकोमा बार्सिलोनाका लागि ४१ औँ मिनेटमा लुक डी जोङले बराबरी गरे । ७२ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर फेरि रियल मड्रिडलाई अग्रता दिलाए । तर ८३ औँ मिनेटमा आन्शु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

खेल अतिरिक्त समयमा धकेलियो । ९८ औँ मिनेटमा फेडेरिको भाल्भेर्डीले रियल मड्रिडका लागि विजयी गोल गरेका हुन् । रियल मड्रिडले उपाधिका लागि एथ्लेटिको मड्रिड वा एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्ने छ । बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । आउँदा आइतबार फाइनल खेल हुनेछ ।





प्रतिकृया