• १९ असोज २०८३, सोमबार
  • १०ः२१ राती

इह्रिकनको अध्यक्षमा पुन: मीना शार्मा निर्वाचित

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ११:२१

२२ पुस २०७८, काठमाडौं : मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालमा (इह्रिकन) मिना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । ललितपुरमा भएको सस्थाको २१ औं वार्षिक साधारण सभाले बुधबार नयाँ कार्यसमिति चयन गरेको हो ।

National Life

नयाँ कार्यसमितिको उपाध्यक्षमा रिता सापकोटा, महासचिवमा रुपा शर्मा नेहा’, सचिवमा अनिता विष्ट, कोषाध्यक्षमा शारदा कोईराला तथा सदस्यहरुमा पुष्पा भुषाल, डा विकल श्रेष्ठ, सम्झना पौड्याल, खड्गबहादुर अस्लामी चयन भएका छन् । निर्वाचन समिति एवं अध्यक्ष मण्डलमा वरिष्ठ पत्रकारद्धय टंक पन्त र कपिल काफ्ले थिए ।


संस्थाको साधारण सभामा पूर्व कर्मचारीले गरेको आर्थिक हिनामिना तथा कीर्ते हस्ताक्षरबारे सबैलाई जानकारी गराइएको थियो । साथै संस्थाले अब चालिने कदमका बारेमा सदस्यहरुको राय सुझाव समेट्दै आगामि कार्ययोजना पारित गरेको छ । त्यस्तै विधान संसोधन, लेखा परीक्षक नियुक्ति र अन्य विविध विषयमा प्रस्ताव पेश गरी पारित गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया