• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बेलुका

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके रेमिट बचत तथा मुद्दती खाता सार्वजनिक

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार १२:१७

२१ पुस २०७८, काठमाडौँ :  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना विदेशमा रहेका नेपाली महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।

National Life

बैकले बुधबार प्रेस विज्ञप्ति जारी गरी “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको बताएको छ ।


विदेशमा बसि श्रम गरिरहेका महानुभावहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सकिने पनि बताएको छ । यस मुद्घती खाता खोल्दा ग्राहक महानुभावहरुले ११.०५% वार्षिक ब्याजदर पाउने छन् । साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सकिने उक्त विज्ञप्ति मार्फत जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकम उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया