• २० असोज २०८३, मंगलबार
  • १०ः२९ राती

मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते, पछाडि सवारको मृत्यु

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ११:०५

२१ पुस २०७८, काठमाडौं : कुपोन्डोलमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवारको मृत्यु भएको छ भने चालक घाइते भएकन छन् । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

National Life

मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो।


ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी घर भएका तामाङको उपचारको क्रममा बुधबार बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३६ वर्षीय दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया