टेष्ट क्रिकेटमा बंगलादेशको न्युजिल्याण्डमाथि ऐतिहासिक जित
प्रकाशित मिति
२०७८ पुष २१ गते, बुधबार १०:५७

२१ पुस २०७८, काठमाडौँ : न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको छ । बुधबार बिहान भएको खेलमा ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटले विजयी भएको हो ।
पहिलो पालीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पालीमा पनि न्युजिल्याण्ड जम्मा एक सय ६९ रनमा समेटियो । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए ।
दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो ।
टेष्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो ।
प्रतिकृया