• १९ असोज २०८३, सोमबार
  • ७ः५८ बेलुका

मनकामना केबलकार पुनः सञ्चालनमा

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०८:५८

८ पुस २०७८, काठमाडौँ : नेपालकै पहिलो केबलकार मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।

National Life

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको बताए ।


चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया