• १९ असोज २०८३, सोमबार
  • ६ः०३ बेलुका

देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०८:३५

८ पुस २०७८, काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।

National Life

महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।


यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ र प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, आज राति देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिकृया