• १८ असोज २०८३, आइतबार
  • ६ः५४ बेलुका

फिल्ममै ४-५ वटा गीत हुन्छ, भिडियो गर्न जरुरी छैन : अनमोल केसी

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०६:५४

७ पुस २०७८, काठमाडौँ : कोरोना महामारीका कारण मनोरञ्जन दुनियाँ ठप्प भएपछि चलचित्रका कलाकारहरु पनि घरमै समय बिताउन बाध्य भए । कोरोना संक्रमण केही कम भएर लकडाउन हटेपछि चलचित्रको काम नभएपनि अधिकांश कलाकार म्युजिक भिडियोको काममा व्यस्त रहे । जसले उनीहरुको आम्दानीको स्रोत पनि बढायो । चलचित्रका अधिकांश कलाकारले म्युजिक भिडियोमा काम गरिरहँदा केही कलाकारले भने भिडियोमा काम गरेनन् । जसमा नायक अनमोल केसी पनि पर्छन् ।

National Life

पछिल्लो समय सर्वाधिक सफल नायक मानिएका अनमोलले म्युजिक भिडियोप्रति आफू सकारात्मक रहेको बताए । ‘मेरो ड्याडी म्युजिक भिडियोको पहिलो मोडल हुनुहुन्छ । म म्युजिक भिडियोप्रति निक्कै सकारात्मक छु,’ उनले भने, ‘तर, अहिले मेरो फोकस भनेको चलचित्रमा नै छ । यदि मेरो चलचित्रमा नै ४-५ वटा गीत छ भने मलाई लाग्दैन कि अहिले नै मैले भिडियो गर्न आवश्यक छ । म अहिले चलचित्रमा नै फोकस छु ।’


काठमाडौंको एभरेष्ट होटलमा बुधबार आयोजना भएको पत्रकार सम्मेलनमा अनमोललाई ‘ईम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ले ब्राण्ड एम्बासडर नियुक्त गरेको हो । आफू यो ब्राण्डसँग जोडिन पाउँदा खुशी भएको बताउँदै अनमोलले भने, ‘अष्ट्रेलियामा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आएको ईम्पायरसँग जोडिन पाउँदा खुशी लागेको छ । मलाई आशा छ, ईम्पायरबाट अष्ट्रेलिया गएर नेपाली विद्यार्थीहरुले धेरै कुरा सिक्नुहुनेछ र सिकेको कुरालाई नेपाल फर्किएर लागू गर्नुहुनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

ईम्पायरका प्रमुख स्वतन्त्रप्रताप शाहले अनमोलसँगको व्व्यक्तिगत सम्बन्ध र उनको लोकप्रियतालाई देखेर नै ब्राण्ड एम्बासडर नियुक्त गरेको बताए । अनमोलले आफूले कुनै पनि ब्रान्ण्डप्रति आम मानिसको रुचि र त्यसको विश्वसनीयतालाई हेरेर मात्र काम गर्ने बताए । अनमोलले अगाडि भने, ‘मैले आफ्नो ब्राण्ड भ्यालु अनुसार नै पारिश्रमिक लिएको छु ।’ तपाईंको ब्राण्ड भ्यालु कति हो भन्ने प्रश्नमा अनमोलले भने, ‘मेरो नाम जस्तै मेरो ब्राण्डको कुनै मूल्य नै छैन ।’

प्रतिकृया