• १८ असोज २०८३, आइतबार
  • ७ः३४ बेलुका

एमालेको संसद अवरोध मूर्खतापूर्ण : झलनाथ खनाल

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०६:४८

७ पुस २०७८, काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् । उनले एमालेले संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप पनि लगाए ।

National Life

‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरु सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरु बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन’ संसद बैठकपछि पत्रकारहरुसँग खनालले भने ।


संसद जनताको आवाज उठाउने र राष्ट्रका नीति, कार्यक्रम, ऐन, कानून बनाउने थलो भएको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेतासमेत रहेका खनालले प्रश्न गरे, ‘यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?’

Classic Tech Mobile
Classic Tech Desktop

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अब धेरै दिन संसद अवरुद्ध नहुने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको विषयमा सम्वद्ध पक्षको ध्यानाकर्षण भइसकेको भन्दै उनले अब धेरै दिन संसदमा गतिरोध नहुने बताएका हुन् ।


‘जुन विषय सर्वोच्च अदालतमा वा कुनै न्यायिक निकायमा, अदालतमा विचाराधिन छ, त्यो विषयलाई छलफलमा ल्याउन पनि मिल्दैन । त्यसप्रति उहाँहरुको ध्यानाकर्षण भएको छ भन्ने हामीलाई लागेको छ । अब धेरै दिन यो गतिरोध नरहला, एउटा जिम्मेवार प्रतिपक्षको नाताले मलाई लाग्छ, जनताको प्रतिक्रिया पनि उहाँहरुले बुझिरहनुभएको होला’ मन्त्री बडुले भने ।


आफ्ना १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । तर सभामुख अग्निप्रसाद सापकोटाले अवरोधकै बीच संसद सञ्चालन गरिरहेका छन् ।

प्रतिकृया