• १७ असोज २०८३, शनिबार
  • ६ः५७ बिहान

शानदार जितसहित आर्सनल लिगकपको सेमिफाइनलमा

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०९:४०

७ पुस २०७८, काठमाडौँ : आर्सनल लिग कप (इएफएल कप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा सन्डरल्याण्डमाथि ५–१ को प्रभावशाली जितसहित आर्सनलले सेमिफाइनलमा स्थान बनाएको हो ।

National Life

आर्सनलका लागि एडी एनकेटियाले तीन तथा पेपे र पाटिनोले एक–एक गोल गरे । एनकेटियाले १७, ४९ र ५८ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन् ।


यस्तै २७ औँ मिनेटमा पेपे तथा इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा पाटिनोले गोल गरेका हुन्। सन्डरल्याण्डका लागि ३१ औँ मिनेटमा ब्रोडहेडले एक गोल फर्काएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया