• २ असोज २०८३, शुक्रबार
  • ४ः०४ बेलुका

एमसीसीमा साझा धारणा नबनाए गठबन्धन भत्काउने खेल शुरु हुन्छ : डा. भट्टराई

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०३:२०

५ पुस २०७८, काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् । साझा सहमति नभए गठबन्धन भत्काउने खेल हुने संका उनले ब्यक्त गरेका छन् ।

National Life

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।


‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ , यस्ता मुद्दामा कमसेकम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।

प्रतिकृया