• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

दर्जनौँ महिलामाथि चिकित्सकको बलात्कार : अमेरिकी इतिहासमै अहिलेसम्मकै ठुलो क्षतिपूर्ति

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १०:११

२८ मंसिर २०७८ काठमाडौं: अमेरिकाका एक पूर्व चिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौँ महिलाले ठुलो क्षतिपूर्ति रकम पाउने भएका छन् । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्व चिकित्सक डा। ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन् ।

National Life

यौन काण्डको वर्षौँपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो । यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठुलो हो ।


अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा। नासिरले आफूहरूमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए । नासिरले आफूहरूलाई पटक पटक बलात्कार गरेको ओलम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो । तर, पछिल्लो सहमतिमा यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् ।
( एजेन्सी)

प्रतिकृया