• १९ असोज २०८३, सोमबार
  • १२ः४८ दिउँसो

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०४:१७

२४ मंसिर, २०७८ काठमाडौँ : संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ ।

National Life

पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७०० भन्दा बढी बालबालिकाको समुदायमा आधारित शिक्षाको पहुँचमा ल्याइएको पनि युनिसेफले उल्लेख गरेको छ । यससँगै पाँच हजार ३५० समुदायमा आधारित सिकाइ समूहहरु गठन गरेको पनि जनाइएको छ ।


युनिसेफका कार्यकारी निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरैजसो किशोर किशोरीहरूलाई अझै पनि विद्यालय जान अनुमति नदिइएकाले बालविवाहको जोखिम पनि बढेको छ । शिक्षा प्रायः बालविवाह र बालश्रम जस्ता नकारात्मक समस्याहरुको सामना गर्ने संयन्त्र र सुरक्षाको उपाय हो ।’

Classic Tech Mobile
Classic Tech Desktop

युनिसेफले गरेको एक अनुमानले १५ देखि ४९ वर्ष उमेर समूहका २८ प्रतिशत अफगान महिलाको १८ वर्षअघि नै विवाह भएको खुलासा गरेको छ । –स्रोत : इन्डिया टुडे

प्रतिकृया