• 10:44 pm

वैदेशिक हस्तक्षेपप्रति ध्यान दिन सीपी मैनालीको आग्रह

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०४:१३

व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन

४ मंसिर २०७८ काठमाडौं : नेकपा मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापनासँगै नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको भन्दै यसमा ध्यान दिन आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मैनालीले मुलुकका सामु केही चुनौती देखा परेकाले ध्यानाकर्षण गर्न सुझाब दिएका हुन् । उनले बाह्य हस्तक्षेप बढेको तर्फ हाम्रो ध्यान किन गएन भन्ने प्रश्नसमेत गरे । नेपाली काँग्रेसको झण्डामा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पनि अंकित रहेको भन्दै उनले राष्ट्रियताप्रति गम्भीर बन्न काँग्रेसलाई सुझाव पनि दिए ।

उनले मुलुक हिजोभन्दा बढी असंलग्न हुनुपर्ने खाँचो देखिएको पनि चर्चा गरे । ‘हामीले विदेशीको सहयोग लिनुपर्छ तर सहयोग हाम्रो स्वतन्त्रता र असंलग्नताको मूल्यमा होइन,’ काँग्रेसतिर लक्षित गर्दै उनले भने, ‘प्रजातन्त्रका लागि लड्दै आएको पार्टी, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो झण्डामा लेखेको छ, त्यो पार्टीको ध्यान यतातिर जाओस् ।’

‘मानिसहरु भनिरहेका छन्, व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन,’ उनले भने, ‘म पनि त्यही भन्छु, २००७ सालदेखिको परिवर्तनमा काँग्रेस अगुवा थियो, बीपी कोइरालाको अगुवाइमा हामीले प्रजातान्त्रीकरण सुरु गर्‍यौँ । त्योसँगै बाह्य हस्तक्षेप बढ्यो । अवाञ्छित हस्तक्षेप र प्रभावले अहिलेसम्म पनि हामीलाई छोडेन ।’

२४ मंसिर २०७८ काठमाडौं नेकपा मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापनासँगै नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको भन्दै यसमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिकृया