• २ असोज २०८३, शुक्रबार
  • १ः४४ राती

इजिप्ट र नाइजेरिया इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको प्रिक्वार्टरफाइनलमा

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ११:३२

इजिप्ट र नाइजेरिया इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको प्रिक्वार्टरफाइनलमा पुगेका छन् ।

National Life

समूह चरणमा लगातार दुई जित निकाल्दै इजिप्टले प्रिक्वाटरफाइनलमा पुगेको हो । इजिप्टको जितमा अहमेद एल मोहमदी र मोहम्मद सलाहले एक–एक गोल गरे ।

बुधबार भएको खेलमा आयोजक इजिप्टले कंगोलाई २–० ले र इनाइजेरियाले गिनीलाई १–० ले हराउँदै प्रिक्वाटरफाइनल पुगेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, नाइजेरियाको जितमा केन्नेथ ओमेरुओ नायक बने । खेलको ७३ औं मिनेटमा उनले गोल गर्दै नाइजेरियालाई महत्वपूर्ण जित दिलाए ।

खेलको २५ औं मिनेटमा मोहमदीले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । ४३ औं मिनेटमा सलाहले गोल गर्दै इजिप्टले खेल २–० ले हताले पार्‍यो ।

प्रतिकृया