प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्ने
प्रकाशित मिति
२०७८ मंसिर २३ गते, बिहीबार ०४:३९
२३ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए सभापतिको साझा उम्मेदवार पौडेल हुने भएका छन् । पौडेल समूहबाट १४ औं महाधिवेशनमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला गरि सभापतिका चार आकांक्षी छन्, ।
‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ छलफलहरुमामा सहभागी एक नेताले भने ।
महामन्त्री डा। शशांक कोइरालाले सोमबारकै छलफलमा साझा उम्मेदवार बन्दा आफू दाबी छोड्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नाममा सहमति भए मान्ने, नभए आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।
यद्यपी पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।








प्रतिकृया