• १८ असोज २०८३, आइतबार
  • ५ः१८ बेलुका

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा मालीमा भएको आक्रमणको कडा निन्दा

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०५:०१

२३ मंसिर २०७८, काठमाडौं :  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।

National Life

एक विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत स्थिरता मिसनप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।उनीहरुले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।


बन्दियागारा, मध्य मालीमा भएको विस्फोटमा सात जना टोगोका नागरिक र मालीका एक ठेकेदारको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका मिसनले बुधबार आफ्नो ट्वीटर खातामा घोषणा गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संयुक्त राष्ट्रका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले गत महिना उत्तरी मालीमा भएको आक्रमणमा घाइते भएका इजिप्टका शान्ति सैनिकको सोमबार मृत्यु भएको पुष्टि गरेका छन् ।


काउन्सिलका सदस्यहरूले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको चाँडो अनुसन्धान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् । – एजेन्सी

प्रतिकृया