• १९ असोज २०८३, सोमबार
  • १ः५९ दिउँसो

नयाँ फिल्म बनाउने तरखरमा निखिल

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार ०७:३५

मंसिर २१, २०७८ ,काठमाडौं : एक समय एक्सनमा राम्रो जमेका अभिनेता हुन्, निखिल उप्रेती । त्यसैले पनि उनलाई एक्स किङको उपनामले सम्बोधन गर्ने गरिन्छ । केही समययता निखिल ‘आध्यात्मिक गुरु’ को रुपमा पनि अगाडि आएका छन् । अभिनयमा एक्सन दृश्य गर्दा सातौं तलाबाट फालहाल्नेदेखि बन्दुक चलाएर हत्याहिम्सा गर्नेसम्मका दृश्यमा रमाउने उनी अचेल जीवन र जगतबारे प्रहवसन दिन व्यस्त छन् ।

National Life

केही अगाडिबाट ‘समबोधी अभियान’ को समेत थालनी गरेका उनले अव फिल्म क्षेत्र छोडे भन्ने धेरै छन् । तर आफू अहिले फिल्म निर्माणको तयारीमा जुटेको उनले बताएका छन् । हालै एक टेलिभिजन शोमा अन्तर्वार्ताको क्रममा आफू नयाँ फिल्म निर्माणको तयारीमा रहेको उनले स्पष्ट पारेका हुन् ।


करिव २ सय हाराहारी फिल्म अभिनय गरेका निखिलले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ हो । त्यसपछि उनी फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारी गर्दै थिए । कोरोनाको कारणले फिल्मको निर्माण अगाडि बढ्न सकेन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया