• १९ असोज २०८३, सोमबार
  • १ः२३ दिउँसो

साउथ सुपरस्टार विजय नेपालको वसन्तपुरमा

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार ०७:२९

मंसिर २२, २०७८, काठमाडौं : दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् ।

National Life

यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार नेपाल आएका थिए । शनिबार देखिनै वसन्तपुर आसपासका स्थानमा छायाङ्कन भएको वेब सिरिजको मंगलबारबाट नेपाल छायाङ्कन सकिएको युनिटका एक सदस्यले बताएका छन ।


सिरिजको वसन्तपुर क्षेत्रमा एक्सन, भाग दौडलगायतका दृश्यहरु छायाङ्कन गरिएको छ । उनीहरूको सुटिङ हेर्न दैनिक सर्वसाधारणको बाक्लो भिड समेत लाग्ने गरेको थियो । सुटिङका क्रममा विजय र केकेले नेपाली फ्यानसँग फोटो समेत खिचाएका छन् । सर्वसाधारणले उनीहरूसँग खिचाएको तस्बिर अहिले सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ । सिरिज छायाङ्कनका लागि नेपाल आएका विजय सेतुपाथी र केके मनन आज भारत फर्कनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया