• २० असोज २०८३, मंगलबार
  • ७ः४५ बिहान

राजनीतिक दलको आर्थिक एजेण्डा एउटै गराउनु पर्ने : उपाध्यक्ष ढकाल

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:२३

२० मंसिर २०७८, काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन् । ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड–१९ को महामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई दूर्त गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरूको समान धारणा आवश्यक पर्ने बताए ।

National Life

‘अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ, यसलाई रोकिन दिनुहुन्‍न । सबै मिलेर यसलाई दूर्त गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,’ उनले भने, ‘यसका लागि सबै राजनैतिक दलहरूको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ,’ उनले भने ।


अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै उनले यसलाई अहिलेसम्मका अध्ययनहरुले खतरापूर्ण रहेको बताउँदै आएकाले यस सँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवलजस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए । उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तव्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत सहकार्य हुने बताए ।


‘हामीले सातवटै प्रदेशमा केबल कारसहितका पर्यटकीय गन्तव्यहरु निर्माण गर्न गइरहेका छौँ । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत साझेदारी र सहकार्य हुनेछ,’ उनले भने ।

प्रतिकृया