• २० असोज २०८३, मंगलबार
  • ७ः०३ बिहान

ज्योति विकास बैंकले शुरु गर्‍यो प्रिपेड डलर कार्ड सेवा

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:१४

१९ मंसिर २०७८, काठमाडौं: ज्योति विकास बैंकले पहिलो पटक प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।

National Life

योसँगै अब सेवाग्राही ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाई गरी १ दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले यहि मिति २०७८ साल मंसिर १९ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रबद्र्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु गरेको हो ।


प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकहरुले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरि रकम भुक्तानी गर्न सक्नेछन् । भिसा, नेटवर्क मा आधारित यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

डलर कार्ड प्राप्त गर्नका लागि केवाइसी विवरण अपडेट गरिएको बैंक खातासँगै प्यान कार्ड हुनुपर्नेछ । बैंकले कार्ड जारी गर्दा कार्ड शुल्क वापत निश्चित रकम लिनेछ र पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने बैंकले जनाएको छ ।


यो सुविधा बैंकका देश भरिका १०५ वटै शाखा कार्यालयहरूबाट र आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट मार्फत अनलाइनबाटै पनि आवेदन दिई प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिकृया