• २० असोज २०८३, मंगलबार
  • ४ः४१ बिहान

थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार ०१:१५

१९ मंसिर २०७८, काठमाडौँ : काठमाडौंको थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ । दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको पनौती घर भएका १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

National Life

आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा।२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरित दिशातर्फबाट आएको बा।२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर पछाडि सवार रहेका २२ वर्षीय आशिष हुमागाईं घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार हुँदैछ ।

प्रतिकृया