• २० असोज २०८३, मंगलबार
  • ३ः५९ राती

विमानमा यात्रुको मृत्यु, उडेको तीन घन्टापछि फर्कियो एयर इन्डियाको जहाज

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार १२:४०

१९ मंसिर २०७८, काठमाडौँ: भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुन नयाँ दिल्ली फर्किएको छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो ।

National Life

मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको एयर इन्डियाका एक अधिकारीले जानाकारी दिए ।


विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृत घोषित गरेको थियो । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।

प्रतिकृया