• २० असोज २०८३, मंगलबार
  • ३ः२८ राती

बाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानको समर्थन ईन्द्र बानियाँलाई

प्रकाशित मिति

२०७८ मंसिर १९ गते, आईतवार १२:२५

१९ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन वागमती प्रदेशको सभापति भीमसेनदास प्रधानले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको प्रतिक्रिया दिएका हुन् ।

National Life

पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि वागमती प्रदेश सभापतिका लागि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच दोस्रो चरणको निर्वाचन हुँदै छ ।


निर्वाचनअघि आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

पत्रकार सम्मेलनमा प्रधानले भने–‘पहिलो हुने निर्वाचित हुने भएको भए ईन्द्रजीले अहिले जितिसक्नुभएको थियो । म चाहन्छु जगदीशजीले पनि ईन्द्रजीलाई सघाउनु राम्रो हुन्छ । निर्वाचन नगरी सहमतिको सन्देश दिऔं ।’

प्रतिकृया