युवाका साथ साथ आवाज नेपालको पाचौं साधारणसभा सम्पन्न
प्रकाशित मिति
२०७८ मंसिर १९ गते, आईतवार ०१:१५
१९ मंसिर २०७८, काठमाडौं : युवाका साथ साथ आवाज नेपालले पाचौं साधारणसभाको आयोजना शनिवार गरेको छ । बागमती प्रदेश सभा सदस्य शाशी जंग थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा सँस्थाले गरेका गतिबिधिहरुको बार्षिक प्रतिबेदन र आगामी बर्षको कार्ययोजना सस्थाका सचिव श्रीकृष्ण थापाले र आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष आस्मा बस्नेतले प्रस्तुत गरेका थिए । भक्तपुर जिल्लामा युवाहरुले नेतृत्व गरेको सकृय रुपमा आफ्ना गतिविधहरु संचालन गर्न सफल भएकोमा पत्रकार महासंघ भक्तपुरका अध्यक्षले धन्यवाद ब्यक्त गरे।
त्यसैगरी गैसस महासंघ भक्तपुरका सचिव रमेश गिरीले युवाका साथ साथ आवाज नेपालले युवाहरू स्वरोजगार प्रवद्धन र अनलाइनको गलत प्रयोगबाट हुने घटना उन्मुलनमा कार्य गर्नका लागि सुझाब प्रस्तुत गरे ।
युवाहरुका लागि असल नागरीक बन्नका लागि अभिप्रेरित गर्ने एउटा मन्च यो सस्था हो कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य थापाले भने । आफ्नो भनाइमा थप गर्दै युवाहरुले स्वदेशमा नै अवसर खोजी आफ्नी अमुल्य समयको सदुपयोग गर्न, सामाजिक उत्तरदायीतब पूरा गर्नका लागि लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिती भक्तपुरका उपप्रमुख सरिता कुवर, नेशनल प्यबसन भक्तपुरका अध्यक्ष सन्जय खड्का, मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाइ, सस्थाका सस्थापक हरु राजेश घिमिरे, दिपेश बिशुन्के तथा सभा सदस्यहरु मध्यबाट सर्मिला बिकले शुभकामना मन्तब्य राखे । साधारणसभामा पेश भएको बार्शिक प्रतिवेदन र कार्ययोजना तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
रक्तदान युवाका साथ साथ आवाज नेपाले पाँचौ साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रेडक्रसको सहकार्यमा शनिबार नै रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।








प्रतिकृया