• २ असोज २०८३, शुक्रबार
  • १ः४६ दिउँसो

सुनको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ११:५२

१७ मंसिर २०७८, काठमाडौं : साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

National Life

आज सुनको मूल्यमा २ सयले गिरावट आएको छ । शुक्रबार सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।


महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बिहीबर प्रतितोला चाँदीको मूल्य ११ सय ९० रहेको थियो । आज पनि त्यही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया