• २१ असोज २०८३, बुधबार
  • ४ः१९ बिहान

नवलपरासीमा कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ११:५१

१५ मंसिर २०७८, काठमाडौं :  कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा नं १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

National Life

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेका कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।


सोसियल मिडिया बैंकिङ, इनटरनेट बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया