सर्वोच्चमा तोकियो गोला प्रथाबाट पेसी, पहिलो दिन १० इजलास गठन
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ११:५१
१५ मंसिर २०७८, काठमाडौं : सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० इजलास गठन भएका छन् । गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।
न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ भने न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।
त्यसैगरी डा आनन्दमोहन भट्टराई र डा। मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ । प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ ।
यस्तै, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ ।अर्का न्यायाधीश डा कुमार चुडालको एकल इजलास गठन भएको छ ।
अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ । यस्तै, अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ ।








प्रतिकृया