• १९ असोज २०८३, सोमबार
  • ११ः३९ बिहान

विश्वकप जितको कथामा आधारित सिनेमा ‘८३’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०७:४०

१५ मंसिर काठमाडौं : बलिउड अभिनेता रनवीर सिंहले मुख्य भुमिका निर्वाह गरेको चलचित्र ’८३’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ।

National Life

चलचित्रमा भारतले १९८३ मा वेष्ट इन्डिजलाई फाइनलमा हराएर विश्वकप जितेको कथा उतारिएको छ। अभिनेत्री दिपीका पादुकोण कपिल देवकी श्रीमतीको रूपमा प्रस्तुत भएकी छन्।


चलचित्रमा अभिनेता पंकज त्रिपाठी भारतीय कोचको भुमिकामा देखिएका छन्। टाहिर राज बासिन, जिवा, साकिव सलिम, जतिन सर्नाको पनि चलचित्रमा मुख्य भुमिका देखिनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

चलचित्रकको निर्देशन कबिर खानले गरेका हुन्। चलचित्र २४ डिसेम्बरमा प्रदर्शनमा आउनेछ।


चलचित्र ८३ रिलायन्स इन्टरटेनमेन्ट र फ्यानटम फिल्म्सले संयुक्त रूपमा निर्माण गरेका हुन्।

प्रतिकृया