• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

आयुष्मानले ल्याए ‘पोखरेली नानी’

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०९:४५

१० मंसिर २०७८, काठमाडौं : गायक आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । कुन्साङ बोम्जन, बिना राउत, दीक्षा खनाल र स्वयम् गायक आयुष्मान बिस्टको अभिनय भिडियोमा देख्न सकिन्छ ।

National Life

सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको सम्पादन रहेको भिडियो अनुप चापागाईले निर्देशन गरेका हुन् । गायक बिष्ट बरिष्ठ गायक स्वर्गिय जगत मर्दन थापाको नाती हुन् ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया