• १९ असोज २०८३, सोमबार
  • १०ः०१ राती

राजेश हमालले किने ‘जीप-कम्पास’

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०९:५५

१० मंसिर २०७८, काठमाडौं : नायक राजेश हमाल नयाँ जीप कम्पास किनेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् ।

National Life

युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।


‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिए । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

केही महिनाअघि नयाँ जिप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढिरहेको कम्पनीको दावी छ । नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिकृया