उपत्यका सहित देशको विभिन्न ठाउँमा दुर्घटनाबाट ६ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ मंसिर ९ गते, बिहीबार ०४:२१
९ मंसिर २०७८, काठमाडौं : उपत्यका सहित देशको विभिन्न ठाउँमा दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका १ नक्साल भगवतीबहालस्थित बिशाल ग्रुपले निर्माण गर्दै गरेको कल सेन्टर अफिसको ४ तलाबाट खसेर काठमाडौं सोह्रखुट्टे बस्ने भारत झारखण्ड घरभएका ३४ वर्षीय अथर आलमको बुधबार दिउँसो मृत्यु भएको छ ।
उक्त तलामा लेवर काम गर्ने क्रममा एक्कासि भुइँमा खसेर गम्भीर घाइते भएका उनको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका२६ मित्रनगरस्थित होटल सम्पुर्णको कोठामा काठमाडौं चप्पल कारखाना बस्ने चितवन रत्ननगर ९ घर भएका ४० वर्षीय जयराम वगाले बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, ईनरुवा नगरपालिकाको १ क २०४२ नम्बरको टिपरको ठक्करबाट साइकयात्री हाल नाम, थर, वतन, नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका९६ सुकौरा रोडमा रा १ त ३३५६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही उपमहानगरपालिका९५ गाईडर बस्ने सुकमती बिककी छोरी ५ वर्षीया सुन्तली बिकको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका९२ श्रीदेवी चोकमा बागमती प्रदेश ०३९००१ च १२७५ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री मकवानपुर मनहरी गाउँपालिका९६ बस्ने ४५ वर्षीय रघुनाथ श्रेष्ठको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बेलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका ६ खुदिबखारी बस्ने ९७ वर्षीय मुक्तिलाल मण्डल सोही गाउँपालिका९३ स्थित आँपको बगैंचामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिकृया