• २ भदौ २०८३, बुधबार
  • ३:३५ बिहान

६ महानगरपालिकाको बजेट बिनियोजन, सबै भन्दा बढी काठमाडौं महानगरपालिकालाई

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०७:३८

काठमाडौं, आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि अधिकांश स्थानीय तहहरुले मंगलबार बजेट सार्वजनिक गरेका छन् । ६ महानगरपालिकाहरुले मात्रै आगामी आर्थिक वर्षका लागि ४० अर्ब ६७ करोड रुपैयाँ बजेट बिनियोजन गरेका छन् । ६ महानगरमध्ये सबै भन्दा धेरै काठमाडौं महानगरपालिका १५ अर्ब ५० करोड ७० लाख रुपैयाँको बजेट ल्याएको छ भने सबैभन्दा कम भरतपुर महानगरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँको ल्याएको छ ।

बिराटगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख ९० हजार रुपैयाँको बजेट ल्याउदा वीरगञ्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । ७५३ स्थानीय तहहरु मध्ये ६ महानगरसहित अधिकांश स्थानीय तहहरुले आगामी आर्थिक वर्षको वार्षिक आय–व्ययको अनुमानसहित बजेट सार्वजनिक गरेका छन् । यसैगरी पोखरा महानगरपालिकाले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ भने ललितपुर महानगरले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

Kamana Sewa

प्रतिकृया