• १९ असोज २०८३, सोमबार
  • १२ः५७ दिउँसो

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीका दुई मन्त्रीको शपथ

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०१:१०

५ मंसिर २०७८, काठमाडौं : जनकपुरधाम – दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस) का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

National Life

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो ।


योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा ९एस०को गठबन्धन सरकार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया