• २० असोज २०८३, मंगलबार
  • ४ः३६ बेलुका

प्रहरीको हस्तक्षेपपछि सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार १२:०९

५ मंसिर २०७८, काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ।

National Life

करिब एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आइतबार पनि जारी राखेको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा सामान्य धकेलाधकेल भएको हो ।


प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको भन्दै आफ्ना मागका साथ नेपाल बार आन्दोलनमा छ। नेपाल बार एसोसिएसनमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया