• १९ असोज २०८३, सोमबार
  • २ः४४ दिउँसो

कांग्रेस महाधिवेशन: रुपन्देहीको मतगणनास्थलमा झडप, ५ जना घाइते

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार १०:४१

४ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क)को मतगणना स्थलमा झडप हुँदा ५ जना  घाइते भएका छन् ।

National Life

विवाद चर्किएपछि मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच कुटाकुट भएको हो। उक्त झडपमा क्षेत्रीय सचिव पदका उम्मेदवार सैलेश पन्तसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।


घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया