• ४ भदौ २०८३, शुक्रबार
  • ८:०६ बिहान

आफुलाई गुगलमा खोज्न किन डराउँछन् आयुष्मान ?

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार १०:५७

पछिल्लो समय चर्चामा रहेका अभिनेता आयुष्मान देशराज जोशी फिल्म ‘चपली हाइट २’ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेका हुन् । उनको डेब्यु फिल्मले बक्स अफिसमा राम्रो सफलता हासिल नगरेपनि आयुष्मानको अभिनयको तारिफ भयो । केही वर्ष देखि उनी अभिनेत्री प्रियंका कार्कीसँग प्रेम सम्बन्धमा छन् । चलचित्र र प्रेम सम्बन्धका कारण चर्चामा आइरहन्छन् ।

तर, दर्शकहरुले उनलाई सुरु दिनदेखि नै एक उपनाम दिएका छन् । उनलाई धेरै जसोले ‘चुसेको आँप’ भन्ने गर्छन् । यस बिषयमा सामाजिक सञ्जालमा उनलाई लिएर विभिन्न ट्रोलहरु पनि बन्ने क्रम जारी छ । सुरु सुरुमा भने आयुष्मानले यस्तो ट्रोलहरु देख्दा र उनलाई चुसेको आँप भन्दा दिक्क मान्थे ।

Kamana Sewa

तर पछिल्लो समय सामाजिक सञ्जालमा उनलाई चुसेको आँप भन्दा ऐना हेर्ने र आफूलाई त्यस्तो नलाग्ने आयुष्मानले बताएका छन् । पहिले निकै दिक्क लगाएपनि अहिले सामान्य लग्न थालेको उनले बताए । उनले आफूलाई कहिले पनि गुगल नगरेको बताएका छन् । आफुलाई गुगलमा नहेर्नुको कारण पनि खुलाएका छन् । गुगल गर्दा आफूलाई चुसेको आँप देखाउछ कि भन्ने डरले आज सम्म आफुलाई गुगल नगरेको उनले बताए । अहिले आयुष्मान नयाँ चलचित्र ‘सानो मन’ को प्रचार प्रसारमा व्यस्त छन् ।

Classic Tech Desktop

उक्त चलचित्रको एक दृश्यमा समेत आयुष्मानलाई ‘चुसेको आँप’ भनेर सम्बोधन गरिएको छ । यो भनाइ आफ्नै सहमतिमा राखिएको आयुष्मानले बताए । समिर सुनवार र निर्देशक गुरुङको कथामा बनेको यस फिल्ममा आयुष्मानका साथ शिल्पा मास्केका साथ गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ । असार २० गतेबाट सो चलचित्र देशभर प्रदर्शनमा आउने भएको छ ।

प्रतिकृया