दराजको एकदिने सेल ११.११ सुरु
प्रकाशित मिति
२०७८ कार्तिक २५ गते, बिहीबार ०९:४५
२५ कार्तिक, २०७८ काठमाडौँ : अनलाइनबजार दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रूपमा कार्तिक २४ गते मध्यरातमा सुरु भएको छ। यस वर्षको ११.११ विगतका वर्षहरूभन्दा ठूलो हुने र ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले विश्वास व्यक्त गरेको छ।
यस अभियानको मुख्य हाइलाइटसमा ११ लाख सामानमा ५ करोडसम्मको छुट, रु ११,००० सम्मको मेगा भौचर, प्रि–पेमेन्टमा १५ प्रतिशत अधिकतम रु ३ हजार ५०० सम्म छुट रहेको छ। त्यस्तै खेल एक रुपैयाँ र मेगा गिभ अवेको रूपमा ११ टीभीएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ। थप हाइलाइटहरूमा एड टु कार्ट, फलो एण्ड विन, रिभिउ एण्ड विन, नयाँ युजर भौचर, रिफर एण्ड विन र दराज जेम्स रहेको कम्पनीले जनाएको छ।
बैंक छुटतर्फ ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत अधिकतम रु ३ हजार र क्रेडिट कार्डमार्फत १५ प्रतिशत अधिकतम रु ३ हजार ५०० बचत गर्न सक्नेछन्। नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्ने छन्। यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने दराजले बताएको छ। त्यसैले ग्राहकहरूलाई ११.११ सुरु हुनेबित्तिकै छुटहरू प्राप्त गर्न उसले अनुरोध गरेको छ।
त्यस्तै एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सकिने व्यवस्था गरिएको छ। साथै आईएमईपे वा ई–सेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत अधिकतम रु एकहजा १११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्।








प्रतिकृया