• २० असोज २०८३, मंगलबार
  • २ः३५ राती

सल्यान बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०२:२३

२१ कार्तिक, २०७८ काठमाडौँ : सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

National Life

शनिबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

प्रतिकृया