• २० असोज २०८३, मंगलबार
  • ३ः१६ दिउँसो

दाङमा कुटपिट गरी युवकको हत्या

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ११:१७

२१ कार्तिक, २०७८ काठमाडौँ : दाङमा धारिलो हतियारले हानेर एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका-४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका-४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।

National Life

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते डाागीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताए ।


पुन र डाँगीमाथि पुरानो रिसिइबीका कारण तुलसीपुर-४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहको उनले बताए

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया