• २० असोज २०८३, मंगलबार
  • ११ः१६ राती

को पुग्ला टीट्वेन्टी विश्वकपको सेमिफाइनलमा, दक्षिण अफ्रिका की अस्ट्रेलिया ?

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०४:०३

२० कात्तिक, २०७८ काठमाडौँ :  आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने चारमध्ये दुई टोलीको टुंगो शनिबार लाग्दै छ। सुपर १२ को समूह १ बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो शनिबार हुने खेलबाट लाग्दै छ।

National Life

दक्षिण अफ्रिकाले इंग्ल्यान्ड तथा अस्टेलियाले वेस्ट इन्डिजको सामना गर्ने छ। चार खेलबाट ८ अंक भएको इंग्ल्यान्ड तालिकाको शीर्षस्थानमा छ। ४ खेलबाट दक्षिण अफ्रिका र अस्टेलियाको समान ६ अंक छ। नेट रनरेट राम्रो भएकाले इंग्ल्यान्ड शनिबारको खेलमा पराजित भए पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।


सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न दक्षिण अफ्रिका र अस्टेलिया दुवैलाई जितको विकल्प छैन। समूह २ बाट पाकिस्तान अन्तिम चारमा पुगिसकेको छ भने एउटा टोलीको टुंगो लाग्न बाँकी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया