अमेरिकी जासुसी संस्थाले भन्यो–चीनले जैविक हतियारको रूपमा कोरोना बनायो भन्ने पुष्टि हुँदैन
प्रकाशित मिति
२०७८ कार्तिक १३ गते, शनिबार ०३:५८
१३ कार्तिक, २०७८ काठमाडौँ : कोभिड–१९ भाइरसको उत्पतिबारे संयुक्त राज्य अमेरिकाले फरक दावी गर्दै आएको छ । यो भाइरस जनावरबाट मानिसमा सरेको नभई चीनको वुहानमा रहेको जैविक प्रयोगशालाबाट बाहिर आएको दावी अमेरिकाको छ । यस विषयमा अमेरिकाका विभिन्न जासुुस एजेन्सीहरुले जाँचबुझ गरेको भन्दै केही अगष्ट महिनामा एक अस्पष्ट रिपोर्ट पनि सार्वजनिक गरेका थिए । त्यसमा चीनले कडा आपत्ति जनाएको थियो ।
त्यो रिपोर्टमा केही जासुसी एजेन्सीहरुले कोभिड–१९ भाइरस जैविक नभएर मानव निर्मित भएको दावी पनि गरेका थिए । यसैबीच अमेरिकाको एक जासुसी संस्थाले कोभिड–१९ को उद्गम स्थल पत्ता लगाउन कठिन रहेको बताएको छ । डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सको कार्यालय (ओडीएनआई) ले शुक्रबार प्रकाशन गरेको रिपोर्टमा यस्तो दावी गरेको रोयटर्सले जनाएको छ ।

उक्त भाइरस जनावरबाट मान्छेमा स¥यो वा प्रयोगशालाबाट उत्पति भयो भन्ने प्रश्नको उत्तर कहिले पत्ता नलाग्न पनि सक्ने रिपोर्टमा दावी गरिएको छ । कोभिड–१९ भाइरसको उत्पतिबारे यसअघि आएका रिपोर्ट तथा निष्कर्षहरु सम्भावित परिकल्पना मात्रै भएको दावी उक्त खुफिया संस्थाले गरेको छ । चीन जैविक हतियारको रुपमा कोरोनाभाइरस बनाइएको भन्ने धारणालाई समेत प्रतिवेदनले अस्वीकार गरेको छ ।

यी धारणा बनाउनेहरुको वुहान ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजीभित्रका कुरा जान्ने कुनै पहुँच नभएको र अनावश्यक अपवाह फैलाएको दावी उक्त रिपोर्टको छ ।




प्रतिकृया