१२ वर्षकी बालिका जसले स्कटल्याण्डको टी २० विश्वकपको जर्सी डिजाइन गरिन्
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार ०५:१६
३ कार्तिक, २०७८ एजेन्सी : तपाईं १२ वर्षमा के गर्दै हुनुहुन्थ्यो ? सायद तपाईं संसारलाई बुझ्ने प्रक्रियामा नै हुनुहन्थ्यो होला र तपाईंले अझै धेरै कुरा थाहा पाउन बाँकी नै थियो होला । तर रेबेका डाउनीले १२ वर्षको उमेरमा के गरिन् होला ? एकछिन अनुमान गरौं न । उनले टी २० विश्व कपका लागि एक अन्तरराष्ट्रिय समूहका लागि जर्सी डिजाइन गरिन् ।
यो कुनै ठट्टा होइन । टी २० विश्वकपका लागि स्कटल्याण्डको नयाँ जर्सी १२ वर्षे बालिकाले डिजाइन गरेकी हुन् । र यो निकै अद्भूत छ । यो समूहले देशभरीका स्कूले बालबालिकाबाट आएका दुई सय बढी डिजाइनबाट उनको डिजाइन छनोट गरेको हो । यो जर्सी स्कटल्याण्डको राष्ट्रिय चिन्ह – द थिस्टलको रङहरुमा आधारित छ ।
ओमान उड्नुअघि यो समूहलाई रेबेकाले उक्त नयाँ जर्सी उपहार स्वरुप प्रदान गरिन् । एडिनबर्गमा जिम्बाम्बेविरुद्धको खेलमा उनी र उनको परिवार विशेष पाहुना थिए । त्यहाँ उनले खिलाडीलाई पनि भेटिन् ।






प्रतिकृया