• ४ भदौ २०८३, शुक्रबार
  • ८:४० बिहान

नगरसभाका लागी दुइ दिन बिदा दिने सुर्यविनायक नगरपालिकाको निर्णय

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०८:५६

नगरसभाको तयारी र व्यवस्थापनका लागि भन्दै सुर्य्विनायक नगरपालिकाले नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरूमा दुइ दिन बिदा दिएको छ । पाँचौं नगरसभा तयारीका लागी आज ९ र भोली १० गते बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते आज सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपमेयर जुना बस्नेतले जानकारी दिनस भयो । नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

Kamana Sewa

प्रतिकृया