• २० असोज २०८३, मंगलबार
  • ५ः०१ बेलुका

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार ११:१०

३ कार्कित, २०७८ काठमाडौँ : पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए ।

National Life

डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो । ‘पहिरोले पुरिँदा मृत्यु भएका चार जनाको शव निकालिएको छ ।


अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ, नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको छ,’ डीएसपी शर्माले अनलाइनखबरसँग भने । मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया