• १९ असोज २०८३, सोमबार
  • ६ः३७ बेलुका

२ सय करोड ठगी मुद्दामा ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार ०३:०४

एजेन्सी

National Life

२९  असोज, २०७८ काठमाडौँ :  २ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ ।


उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिएकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मारेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौँ महँगा गाडी बराबद गरेको जनाएको छ । दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उजुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको बताइएको छ ।


चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइन्ड रहेको ईडीले बताएको छ । उनीविरुद्ध अन्य दर्जनौँ मुद्दा पनि रहेको छ ।

प्रतिकृया