• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार ०२:३७

तस्वीर : एएफपी
२९  असोज, २०७८ काठमाडौँ :  लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

National Life

उनीहरूले लेबनिज फोर्सेस (एलएफ) को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन्। एलएफले उक्त आरोप अस्वीकार गरेको छ।


गत वर्ष तटीय सहरमा भएको ठूलो विस्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो । उक्त विस्फोटको संलग्नताको विषय अनुसन्धान भइरहँदा हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश तारेक बितार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन् । तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन् ।- एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया